Like this:

आज नवरात्रको पाँचौं दिन : देवी स्कंदमाताको पूजा आराधना गरि मनाइँदै
.

काठमाडौं – शारदीय नवरात्रको आज पाँचौं दिन देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदैछ।

देवी स्कंदमाता, भगवान् स्कन्दकुमार (कार्तिकेय) की आमा हुन्। कमलको फूलमा आसन गरेर बसेकी, सेतो वर्णकी स्कंदमातालाई भक्तजनहरूले विशेष रूपमा पूजा गर्दछन्। पुराणमा वर्णन भएअनुसार, पहाडमा बसेर संसारका जीवहरूमा नवचेतना प्रदान गर्ने शक्तिरूपमा उनी पूजिन्छिन्।

आज बिहानैदेखि देशका विभिन्न मन्दिरहरूमा स्कंदमाताको पूजाआजा गर्न भक्तजनहरूको भीड लागेको छ। विशेष गरी देवीका शक्ति पीठहरूमा पूजापाठ, भजन–कीर्तन र देवी स्तोत्र पाठ गरेर श्रद्धा अर्पण गरिएको छ।

पूजापाठमा सहभागी भक्तजनहरूले माता स्कंदमाताको दर्शनले परिवारमा सुख, शान्ति र समृद्धि आउने विश्वास लिएका छन्।

Like this: