Like this:

संयुक्त राष्ट्रसंघको निष्कर्ष : इजरायलले गाजामा नरसंहार मच्चायो

इजरायली सेनाले भारी विनाशकारी हतियार प्रयोग गर्दै सर्वसाधारणको ज्यान लिएको तथ्य भेटिएको छ।

संयुक्त राष्ट्रसंघको एक स्वतन्त्र आयोगले गाजामा इजरायलको सैन्य कार्यवाहीलाई नरसंहारसँग जोडिएको ठहर गरेको छ। आयोगको नेतृत्व गरिरहेकी नाभी पिल्लेका अनुसार करिब दुई वर्षदेखि चलिरहेको आक्रमणमा इजरायली नेतृत्वले प्रत्यक्ष जिम्मेवारी वहन गर्ने आधार भेटिएको छ।


प्रतिवेदनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्वरक्षामन्त्री योभ ग्यालान्ट र राष्ट्रपति आइज्याक हर्जोगसहितका शीर्ष अधिकारीमाथि आरोप लगाइएको छ। अनुसन्धान टोलीले सार्वजनिक अभिव्यक्ति र युद्धकालीन परिस्थितिलाई आधार मानेर गाजापट्टीका फिलिस्तीनीलाई आंशिक वा पूर्ण रूपमा नष्ट गर्ने उदेश्य देखिएको निष्कर्ष निकालेको छ।



रिपोर्ट अनुसार, इजरायली सेनाले नागरिक क्षेत्रमा भारी विनाशकारी हतियार प्रयोग गर्दै सर्वसाधारणको ज्यान लिएको तथ्य भेटिएको छ।

यता, इजरायलको विदेश मन्त्रालयले भने उक्त निष्कर्षलाई अस्वीकार गर्दै त्यसलाई पक्षपाती र भ्रमपूर्ण भनेको छ। मन्त्रालयले सामाजिक सञ्जालमार्फत आयोगका सदस्यलाई हमासको पक्षमा काम गरेको आरोप समेत लगाउँदै आयोगलाई तत्काल खारेज गर्न माग गरेको छ।

Like this: