Spread the love
Spread the love
एमाले–कांग्रेसले उपसभामुख राना मगर हटाउने तयारी गरेपछि प्रचण्डले बोलाए विपक्षी दलको बैठक
Spread the love

एमाले–कांग्रेसको दबाब : उपसभामुख राना मगर हट्ने तयारी, प्रचण्डले बोलाए विपक्षी बैठकनेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी थालेका छन्। दुवै दलले सांसदहरूको हस्ताक्षर संकलन गर्दै गृहकार्य अघि बढाएका छन्।

यहीबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलसँग रणनीतिक छलफल गर्न आज दिउँसो ३ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन्।माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकमा उपसभामुखविरुद्धको कदम र विपक्षी दलको साझा धारणा तय गर्ने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ।