Like this:

नेपाल–चीन दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सवमा प्रचण्डद्वारा शुभकामना

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।

आफ्नो फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उल्लेख गर्दै दुबै देशका जनतालाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।



उनले भनेका छन्,

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा दुबै देशका जनतालाई हार्दिक बधाई तथा शुभकामना। दुई देशबीच सदियौंदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ।

यस अवसरमा म दुई देशका जनता र सरकारहरुलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछु,” उनले स्टाटसमा लेखेका छन्।

सन्देशमा प्रचण्डले दुई देशबीचको सम्बन्धलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा समेत योगदान दिने गरी अझ गहिरो र सहयोगात्मक बनाउने अपेक्षा पनि गरेका छन्।

Like this: