Like this:

बाढीका कारण रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

रसुवा जिल्लाको रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । असार २४ गते भोटेकोशीमा आएको भीषण बाढीका कारण आयोजनाबाट हुने विद्युत उत्पादन बन्द भएको हो ।  बाढीले आयोजनाको आवासगृह, बाँधस्थल, आवासगृहदेखि जलविद्युत केन्द्र जाने पहुँचमार्ग लगायतका संरचनाहरुमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको रसुवागढी हाईड्रोपावर कम्पनीले जनाएको छ ।

कम्पनीद्वारा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–१ र २ को सिमानामा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट २०८१ पुस १६ गतेदेखि व्यापारीक रुपमा विद्युत उत्पादन भइरहेको थियो ।

Like this: