Like this:

धनुषाका लोकप्रिय नेताहरु कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश


धनुषाका २ जना लोकप्रिय नेता कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेका छन । धनुषा जिल्ला धनुषाधाम नगरपालिका वडा नम्बर ७ का नेपाली कांग्रेसका लोकप्रिय नेता तथा वडा सचिव जितेन्द्र यादव र पार्टीका अर्का नेता रघुनन्दन शाहले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।


नेता यादव हालसम्म नेपाली कांग्रेस पार्टीको वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए साथै उनी शिवशक्ति बहुमुखी युवा क्लबका अध्यक्ष समेत रहेका छन्। स्थानिय युवाबीच लोकप्रिय यादव सामाजिक कार्यमा समेत अग्रसर छन । कांग्रेस परित्याग गरी आएका नेताहरुलाई स्वागत कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेताहरूले अब माओवादी केन्द्र नै जनताको एकमात्र विकल्प भएको बताए।

Like this: