Spread the love
Spread the love
एमाले सांसदहरूलाई संसद्मा प्रभावकारी भूमिका खेल्न आज प्रशिक्षण दिइँदै​
Spread the love

नेकपा एमालेले संसद्मा आफ्नो भूमिकालाई थप खषिलो बनाउन आज सांसदहरूसँग अन्तर्क्रिया गर्दैछ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसदीय भूमिकाबारे राजनीतिक प्रशिक्षण दिनुहुनेछ।

​पार्टी सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार कार्यक्रममा महासचिव शंकर पोखरेलले पार्टी नीति र सांसदको कर्तव्यबारे तथा संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसदीय समिति र सचिवालयको कार्यक्षेत्रबारे प्रकाश पार्नुहुनेछ। सांसदहरूलाई पार्टीका विभागहरूसँग समन्वय गरेर संसद्मा विषयहरू उठाउन जोड दिइने यस कार्यक्रममा विभाग प्रमुखहरूको पनि उपस्थिति रहनेछ।