Spread the love
Spread the love
बालेन शाहको हालत पनि ओली र देउवाको जस्तै बनाइदिने दुर्गा प्रसाईंको चेतावनी
Spread the love

​व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लक्षित आक्रामक अभिव्यक्ति दिएका छन्।​

एक कार्यक्रममा बोल्दै प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जस्तै हालत बालेन शाहको पनि बनाइदिने चेतावनी दिएका हुन्।

राजनीतिक दलका शीर्ष नेताहरूमाथि निरन्तर प्रहार गर्दै आएका प्रसाईंले पछिल्लो समय आफ्नो निशाना महानगर प्रमुख शाहतर्फ सोझ्याएका हुन्।​उनले पुराना राजनीतिक दलका नेताहरू जस्तै बालेन पनि जनताको भावना अनुरूप चल्न नसकेको आरोप लगाउँदै उनीहरूको जस्तै राजनीतिक भविष्य संकटमा पारिदिने दाबी गरे।