विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथिको अनुसन्धानका लागि पुनः पाँच दिनको म्याद थपेको छ।
बुधबार सम्पत्ति शुद्धीकरण विभागको मागबमोजिम अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न थप समय दिएको हो।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट उक्त म्याद थप भएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
