काठमाडौं, असार १८ - सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक (जीएम) पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा रावललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरी छनोट प्रक्रिया अघि बढाएको थियो। रावल महाप्रबन्धक पदमा नियुक्त भएका हुन्।रावल लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनले विभिन्न सञ्चारमाध्यममा नेतृत्वदायी भूमिकामा काम गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग विगतमा एउटै सञ्चार संस्थामा सहकार्य गरेका कारण उनको अत्यन्तै निकट व्यक्तिका रूपमा पनि चिनिन्छन्।