Spread the love
Spread the love
संसद्‌मा बजेटमाथिको मन्त्रालयगत छलफल असार १ देखि
Spread the love

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक (बजेट) अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार असार १ गते युवा, उद्योग, कृषि, वन, सूचना, पर्यटन, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्था, सङ्घीय मामिला र महिला तथा सामाजिक सुरक्षा लगायतका मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि छलफल हुनेछ भने असार २ गते विज्ञान, कानुन, पूर्वाधार, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय, योजना आयोग तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने कार्यक्रम तय भएको छ।

यसैगरी, मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते जवाफ दिनेछन्, जसमा पहिलो दिन छलफल भएका मन्त्रालयहरूको जवाफ असार ३ गते र दोस्रो दिन छलफल भएका निकायहरूको जवाफ असार ४ गते दिइनेछ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान संसद्‌मा प्रस्तुत गरेको थियो।