Spread the love
Spread the love
गण्डकी प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम पारित​
Spread the love

गण्डकी प्रदेशसभाले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।​शुक्रबारको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रस्ताव गरेपछि सभामुख कृष्णप्रसाद धितालले त्यसलाई निर्णयार्थ पेस गरेका थिए, जसलाई संसद्ले सर्वसम्मतिले अनुमोदन गर्‍यो।​

गत मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि सदनमा तीन दिनसम्म छलफल भएको थियो। उक्त छलफलमा पूर्वमुख्यमन्त्री खगराज अधिकारी, नेताहरू हरिबहादुर चुमान र पञ्चराम गुरुङ लगायतले भाग लिँदै आ-आफ्नो सुझाव एवं धारणा राखेका थिए।