Spread the love
Spread the love
चुनावमा असहयोग गरेको आरोपमा कांग्रेस नेताहरूमाथि स्पष्टीकरण माग
Spread the love

नेपाली कांग्रेसले पार्टीको नियम पालना नगर्ने र चुनावमा आफ्नै उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको अनुशासन समितिको बैठकले यो निर्णय गरेको हो।

बैठकले पार्टीको अनुशासन उल्लंघन गरेको आरोप लागेका नेताहरूलाई पाँच दिनभित्र आफ्नो बचाउ गर्दै स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।स्पष्टीकरण सोधिएका नेताहरूमा लुम्बिनी प्रदेशका मन्त्रीहरू देवकरण प्रसाद कलवार र प्रचण्ड विक्रम न्यौपाने, कोशी प्रदेशका मन्त्री प्रदिप सुनुवार, तथा लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल रहनुभएको छ।

यस्तै, मधेस प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि स्पष्टीकरण सोधिएको छ। उहाँहरूमाथि २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेको छ।पार्टी अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको यो बैठकले पार्टीभित्रको आन्तरिक एकता कायम राख्न यस्तो कदम चालिएको जनाएको छ।

पार्टीले आफ्ना नेता र कार्यकर्तालाई अनुशासित बनाउन र आधिकारिक निर्णय नमन्नेहरूलाई कारबाहीको दायरामा ल्याउन यो प्रक्रिया सुरु गरेको हो। तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा उनीहरूमाथि थप कडा कारबाही हुन सक्ने संकेत गरिएको छ।