नेपाल सरकारले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (UAE), कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि स्थगित गरिएका सबै प्रकारका श्रम स्वीकृतिहरू पुनः सुचारु गर्ने निर्णय गरेको छ। अब यी देशहरूमा वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकहरूले व्यक्तिगत, संस्थागत र वैधानिकीकरण (Legally valid) प्रक्रियामार्फत पूर्ववत रूपमै श्रम स्वीकृति पाउनेछन्। पश्चिम एसियामा देखिएको तनावका कारण केही समयअघि रोकिएका यी प्रक्रियाहरू मन्त्रीस्तरीय निर्णयसँगै पुनः खुलेसँगै हजारौँ श्रमिकहरूलाई ठुलो राहत पुगेको छ।
