मकवानपुर ।
वागमति प्रदेसको पुर्व मुख्यमन्त्री राजेन्द्र प्रशाद पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीले मुख्य मन्त्री नपाए मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने वताइरहदा
राप्रपाले संसद्को परिस्थिति अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धमा निर्णय गर्ने भएको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाका अनुसार मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धमा हालसम्म राप्रपाको ठोस निर्णय भएको छैन ।
संसद्मा उत्पन्न परिस्थिति अनुसार तत्काल आवश्यक निर्णय गर्ने उनले बताए ।
हामी राजनीतिक अस्थिरता बनाउन चाहँदैनौ । अङ्क गणितले मुख्यमन्त्री कट्टेल बहुमतमा हुनुहुन्छ । त्यहाँ हाम्रो आवश्यकता देखिएको छैन । संसद्को अङ्क गणितले पनि वागमतिमा राप्रपालाई निर्णायक भूमिका दिएको छैन । मुख्यमन्त्रीलाई सरकार टिकाउन आवश्यक बहुमतका लागि निर्णायक भूमिकामा अन्य दलहरु रहेका छन् । तर, विकसित राजनीतिक परिस्थितिमा केही असहज परिस्थिति बने वा मुख्य मन्त्रीले विश्वासको मत पाउन नसक्ने अवस्था आएर राजनीतिक अस्थिरता हुने देखिएमा राप्रपाले निकास दिनु पर्छ भन्नेमा छौँ । मुख्यमन्त्रीले हामीसँग केही कमिट्मेन्ट गरे वा विश्वासको मत दिन केही प्रस्तावहरू गरेमा सो विषयहरू केन्द्रसम्म सिफारिस गरेर पर्याउन भूमिका खेल्ने छौँ । केन्द्रमा केही सहमति बनेमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्छौँ,’ नेता थापाले भने ।
मुख्यमन्त्रीले अहिलेको सरकारलाई सहयोग गर्न र विश्वासको मत दिन प्रस्ताव पठाएको नेता थापाले बताए । सत्तापक्षको धर्म निर्वाह गरेर मुख्यमन्त्रीले सो प्रस्ताव पठाएको र सो विषयमा पार्टीले कुनै निर्णय नगरेको उनले बताए । अहिलेको स्थितिमा राप्रपा आफ्ना मागमा अडिग रहेको र केही फेरबदल वा संसद्मा असहज अवस्था बनेमा निकास दिने उनको भनाई छ ।