Spread the love
Spread the love
सुनको मूल्यमा वृद्धि, चाँदी भने सस्तियो
Spread the love

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको छ। सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

हिजोको तुलनामा आज सुनको भाउ प्रतितोला १,६०० रुपैयाँले बढेको हो।​यता चाँदीको मूल्यमा भने आज गिरावट आएको छ। चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र डलरको विनिमय दरमा आउने परिवर्तनका कारण स्थानीय बजारमा सुनचाँदीको भाउ दैनिक रूपमा परिवर्तन हुने गर्दछ।