जुनेली मिडिया
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट १९ करोड ७४ लाख रुपैयाँ आम्दानी भएको छ, गत वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशतले बढी हो । यसैगरी, खुद नाफा ५ हजार ७९९.८८ प्रतिशतले बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष यो नाफा ५७ लाख रुपैयाँ मात्र थियो । विद्युत बिक्री आम्दानी वृद्धि र वित्तीय खर्च कमीका कारण नाफामा उल्लेखनीय सुधार आएको कम्पनीले जनाएको छ ।प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४३ पैसाबाट बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात २१.०९ गुणा रहेको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटी ३६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
