Like this:

रास्वपालाई ओलीको कडा चेतावनी: एमालेसंग निउ खोजे महँगो सावित हुने
रास्वपाले बालेन र एमालेले केपीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको छ।
काठमाडौं, ६ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई हल्का रूपमा लिने वा अनावश्यक रूपमा उक्साउने काम महँगो सावित हुन सक्ने चेतावनी दिएका छन्। मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकबीच भएको धकेलाधकेलको घटनापछि ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। घटनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले एमालेप्रति अनावश्यक चुनौती दिनु उचित नहुने बताए। उनले पार्टीलाई जिस्क्याउने र उग्र बनाउने प्रयास कसैले नगर्नु नै राम्रो हुने टिप्पणी गरे। झापा–५ बाट रास्वपाले बालेन्द्र शाहलाई उम्मेदवार बनाएको छ। रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको छ।एमालेले पनी ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको छ। यसले पूर्व प्रधानमन्त्री ओली र सम्भावित नयाँ नेतृत्वबीचको प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ। राजनीतिक वृत्तमा यो चुनावलाई निकै अर्थपूर्ण र रोचक रूपमा हेरिएको छ।

Like this: