Spread the love
Spread the love
टिकट विवादले तेह्रथुममा रास्वपाको विउ नै नरहनेगरी सामूहिक राजीनामा,
..
Spread the love
काठमाण्डौ, तेह्रथुम जिल्लामा राष्ट्रिय रास्वपाको आन्तरिक विवाद सतहमा आएको छ। पार्टीको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै जिल्ला कार्य समिति, सबै पालिका समिति तथा वडा तहका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। आगामी निर्वाचनका लागि पार्टीले ऋतुराज लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्थानीय तहमा असन्तोष चुलिएको हो। पार्टीका स्थानीय नेताहरूले यो निर्णय जिल्लाको भावना र पहिलेदेखि बनेको राजनीतिक सहमतिविपरीत भएको दाबी गरेका छन्। राजीनामा पत्रमार्फत उनीहरूले भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनपछि देश नयाँ राजनीतिक दिशातर्फ अघि बढेको उल्लेख गरेका छन्। त्यसैको पृष्ठभूमिमा तेह्रथुममा ‘अवेर तेह्रथुम’ अभियानका संयोजक सुरेन्द्र कार्कीलाई साझा उम्मेदवार बनाउने विषयमा व्यापक सहमति बनेको उनीहरूको भनाइ छ। सो सहमतिअनुसार घण्टी चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीसमेत भइसकेको उल्लेख गरिएको छ। तर पार्टीले आफ्नै आन्तरिक प्रक्रिया र जिल्ला तथा प्रदेश तहको सुझावलाई बेवास्ता गर्दै फरक उम्मेदवारलाई टिकट दिएपछि संगठनभित्र गम्भीर प्रश्न उठेको राजीनामा पत्रमा उल्लेख छ। यसले स्थानीय स्तरमा बनेको राजनीतिक समझदारीमा समेत आघात पुगेको उनीहरूको निष्कर्ष छ। घटनाले तेह्रथुमका मतदाताको भावनामा नकारात्मक असर पारेको भन्दै केन्द्र र प्रदेशसँग समन्वय गरेर गरिएको सहमति कार्यान्वयन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा दिएको जनाइएको छ। राजीनामा दिनेहरूमा जिल्ला कार्य समिति तेह्रथुमका सभापति सुमन खत्री, म्याङलुङ र लालिगुराँस नगरपालिका, मेन्छयायेम, छथर, फेदाप र आठराई गाउँपालिकाका पालिका समिति तथा सबै वडा कमिटीका पदाधिकारीहरू छन्। साथै केन्द्रीय सम्पर्क विभाग तेह्रथुमका संयोजक गुणनिधि अङ्तोलाले पनि पदबाट अलग हुने निर्णय गरेका छन्।