Like this:

आज लुम्बिनी लायन्स र काठमान्डु गोर्खाज भिड्ने
खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

काठमाण्डौ, दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

करण केसीको कप्तानीमा रहेको काठमान्डुले तीनमध्ये १ खेलमा जित र दुई खेलमा हार बेहोर्दै २ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।
यस्तै, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि ३ खेलमध्ये १ जित निकाल्दै २ अंकसहित चौथो स्थान ओगटेको छ।

प्लेअफमा पुग्ने आशा कायम राख्न दुवै टोलीका लागि आजको सामना निर्णायक हुनेछ।

Like this: