Spread the love
Spread the love
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेले गर्यो सर्वोच्च अदालतमा रिट दर्ता
Spread the love

काठमाण्डौ,नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापना गराउन सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पार्टीका नेता तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सरकारद्वारा हालै गरिएको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको दाबी गर्दै अदालतमा मुद्दा पेश गरिएको हो।

यसअघि बसेको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रक्रिया र सदन विघटन दुवै कदम संविधान तथा लोकतान्त्रिक मान्यतासँग नमिल्ने ठहर गरेको थियो। सोही कारण निर्णयलाई बदर गराउन र सदन पुनःक्रियाशील गराउन रिट दायर गर्ने निष्कर्ष निकालिएको थियो।

एमाले अध्यक्ष केपी ओलीले रिट दायर गर्ने जिम्मेवारी महेश बर्तौला र सुनिता बराललाई दिएका थिए।