Spread the love
Spread the love
सरकारले सकेन अब जनताको जिउधनको सुरक्षा एमालेले गर्छ: ओली
जेनजी आन्दोलन पछि गुण्डुवाट वाहिर निस्कन नसकेका ओलीले गरे यस्तो घोषणा
Spread the love


काठमाण्डौ, एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले नागरिकको सुरक्षामा असफलता देखाएको भन्दै अब एमाले आफैं अग्रसर हुने बताएका छन्।

भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा कार्यकर्तासँगको भेटमा ओलीले देशभर टोल सुरक्षा समिति गठन गर्ने निर्णयको घोषणा गरे। उनका अनुसार यी समितिहरू स्वतन्त्र रूपमा सञ्चालन हुनेछन् र स्थानीय तहमा नागरिक सुरक्षाका लागि सक्रिय भूमिका खेल्नेछन्।

सरकारले जनताको जिउधनको रक्षा गर्न सकेन,ओलीले भने, अब नेकपा एमालेले नै नागरिकको सुरक्षा गर्ने जिम्मा लिन्छ।”

उनले हाल देशभर बढ्दो लुटपाट, आगजनी र असुरक्षाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै समाजमा घृणा फैलाउँदा मानिसलाई ‘राक्षस’ बनाइन्छ र त्यसले हिंसात्मक अवस्था निम्त्याउँछ भन्ने टिप्पणी गरे।