काठमाडौं, अधिवक्ता स्वागत नेपालले युवा पुस्ता, विशेषगरी जेन–जी पुस्ताका अधिकांश सदस्यहरू राजसंस्थाको पक्षमा उभिएको भनेर दाबी गरेका छन्।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममार्फत पत्रकार ऋषि धमलासँग उनले भने, शरीरमा गोली लागेर घाइते भएका सबै जेन–जीहरुले अस्पतालमा समेत “राजा चाहियो” भन्ने माग राखेको प्रमाण आफूले देखेको दावी गरे।

नेपालका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी बेलामा पनि उनीहरूले संघीयता खारेज गरी राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गरेका थिए।
नेपालले भने, हरेक गोली खाने जेन–जीलाई सोध्नुस्, सबैले एउटै कुरा भनेका छन्, त्यसक्रममा उनले सुदन गुरुङ, मिराज ढुङ्गाना, र रक्षा बम जस्ता व्यक्तिहरूलाई “असली जेन–जी नै होइनन् भन्दै कडा आलोचना गरे। उनका अनुसार, अहिलेको संविधान स्वीकार गर्ने व्यक्ति एमाले र कांग्रेस वा माओवादी पार्टीसँग सम्बन्धित भए उनीहरुलाई जेन–जी भन्न सकिँदैन
अन्त्यमा उनले भने, राजसंस्थाको पक्षमा र दलहरूको स्वार्थी राजनीति विरुद्धको कुनै पनि आन्दोलन दुर्गा प्रसाईँले होस् वा अरू कसैले, म पूर्ण समर्थन गर्छु। यदि राक्षसले पनि राजाबादी आन्दोलन गरे भने पनि म त्यसको पक्षमा उभिन्छु
