Spread the love
Spread the love
देउवाको गुनासो: पाँच पटक प्रधानमन्त्री हुँदा समग्रमा एक कार्यकाल पनि चलाएको छैन
.
Spread the love

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कहिल्यै पूर्ण कार्यकाल प्रधानमन्त्री पदमा जिम्मेवारी निर्वाह गर्ने अवसर नपाएको बताएका छन्।

मंगलबार सानेपामा बसेको कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले धेरैले आफूलाई ५ पटक प्रधानमन्त्री बनेको भन्दै आलोचना गरे पनि, वास्तविकतामा समग्र हिसाबले एक कार्यकाल पनि पूरा गर्न नपाएको बताए।

उनका अनुसार, पाँच पटक प्रधानमन्त्री भएँ, तर एकपटक पनि पूरा कार्यकाल सञ्चालन गर्न पाइनँ।



त्यस अवसरमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जानकारी पनि गराएका छन्। उनले भने, मैले उपसभापति खड्कालाई कार्यवाहक तोकेको छु, उहाँले जिम्मेवारीअनुसार काम गर्नुहोला।