Spread the love
Spread the love
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा: एमाले महासचिव पोखरेल
Spread the love

दाङ, भदौ ७ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा हुने दाबी गरेका छन्।प्रेस चौतारी दाङले शनिबार दाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशले संविधान र गणतन्त्रप्रति अविश्वास फैलाउने खतरा रहेको बताए।

पूर्वराष्ट्रपति संविधानको संरक्षक हो। सेनाको परमाधिपति भइसकेको व्यक्ति हो,’ पोखरेलले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्किँदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ। यस्तो गल्ती पार्टीहरूले गर्न हुँदैन।’उनले पूर्वराष्ट्रपति जस्तो उच्च पदमा पुगिसकेकाले भण्डारीले अब पार्टीगत राजनीतिभन्दा माथि उठेर लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन योगदान दिनुपर्ने टिप्पणी गरे।