Like this:

एमाले मुख्यालयमा प्रधानमन्त्री ओली र विद्यादेवी भण्डारीविच वार्ता

नेकपा एमाले मुख्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच वार्ता भएको छ। च्यासलसहित एमाले मुख्यालय भएका ठाउँमा भण्डारी झन्डै एक दशकपछि पुगेकी हुन्।  एमाले केन्द्रीय समितिको बैठकअघि नै रहेको विवाद सुल्झाउने गरी यो वार्ता तय गरिएको थियो।

ओलीसमेत उपस्थित गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकाले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।तर, ओलीले शनिबारको पोलिटब्युरो बैठकमा नवीकरण भइसकेको भण्डारीको सदस्यता पेन्डिटङमा राखिएको बताएका थिए ।

Like this: