रुकुम सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले माओवादीविरुद्ध गठबन्धन गरेका छन् ।दुवै दलले गठबन्धन गरेर अगाडि जाने सहमति गरेका हुन् ।
पहिलो चरणमा उनीहरुले मंसिर १६ गते हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेका छन् । नेपाली कांग्रेस रुकुम उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने सहमति गरेको बताए ।तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्य हुन् ।
यस्तै २ नं वडामा पनि कांग्रेस र एमालेबीचको सहमतिमा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदार बनाउने सहमति दुई दलबीच भएको छ ।