विश्वकप फुटबल छनोट : आज नेपाल र युएई भिड्दै

आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल हुँदैछ। नेपाली समयअनुसार राति ९:४५ बजे साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा खेल हुनेछ।


युएईको घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ४–० ले पराजित भएको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको । फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल १७८औं स्थानमा छ।
नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन्। त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, विशाल बस्नेत, विमल पाण्डे, अभिषेक लिम्बू, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन्। यसैगरी मिडफिल्डरमा मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा भरत खवास, लाकेन लिम्बू, र आशिष राई छन्। फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन्।

विश्वकप फुटबल छनोट : आज नेपाल र युएई भिड्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top