काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जेल सजाय सुनाएको छ।
अदालतले उक्त ठगी तथा संगठित अपराधको मुद्दामा सुनुवाइ गर्दै रायमाझीलाई चार वर्ष र खाँणलाई दुई वर्षको कारागार सजाय तोकेको हो।
लामो समयको अनुसन्धान र कानुनी बहसपछि जिल्ला अदालतले यो फैसला गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ रुपैयाँ ठगी गरेको यस उच्च प्रोफाइल प्रकरणमा संलग्न अन्य अभियुक्तहरूका हकमा पनि अदालतले कसुरको गम्भीरता हेरी सजाय निर्धारण गरेको छ।
अदालतको यस फैसलालाई नेपाली राजनीति र प्रशासनिक क्षेत्रमा व्याप्त भ्रष्टाचार विरुद्धको एउटा ठूलो कदमका रूपमा हेरिएको
