राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको वक्तव्यपछि समय लिएर बोल्दै सांसद शाहीले 'नेपालले भारतको भूभाग मिचेको छ' भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग दोहोर्याए।उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू हरेक दिन देशको रक्षाका लागि लडिरहेको तथ्यलाई सदनले गम्भीरताका साथ लिनुपर्नेमा समेत जोड दिए।
