राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको नयाँदिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (बीजेपी) को औपचारिक निमन्त्रणा स्वीकार गर्दै उनी सोमबार टोलीसहित त्यसतर्फ प्रस्थान गरेका हुन्।नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेलाई बीजेपीका राष्ट्रिय महासचिव एवं राज्यसभा सांसद अरुण सिंहले स्वागत गरेका थिए। लामिछानेको यो भ्रमणका क्रममा दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाट, आपसी हित र समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
