Spread the love
Spread the love
वैशाख १६ गते ललितपुर महानगरपालिकामा स्थानीय बिदा
Spread the love

ललितपुर महानगरपालिकाले रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसाल्ने दिन अर्थात् वैशाख १६ गते बुधबारका दिन महानगरभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो ऐतिहासिक र धार्मिक महत्त्वको जात्रामा नगरवासीहरू सहजै सहभागी हुन सकून् भन्ने उद्देश्यले महानगरपालिका र त्यस अन्तर्गतका सबै कार्यालयहरू बन्द रहने जानकारी महानगर प्रमुख चिरिबाबु महर्जनले दिनुभएको हो।​

गत वैशाख ८ गते पुल्चोकबाट सुरु भएको यो रथजात्रा गाःबहाल, मंगलबजार र सुनधारा हुँदै लगनखेल पुगेपछि त्यहाँ बलि पूजा गरिन्छ। त्यसको भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने पुरानो परम्परा रहेको छ। धार्मिक आस्था र संस्कृतिको सम्मान गर्दै महानगरले विगत तीन वर्षदेखि यो विशेष दिनलाई स्थानीय बिदाका रूपमा मनाउँदै आएको छ।