काठमाडौँमा सार्वजनिक जग्गा र नदी किनारका अतिक्रमित बस्ती हटाउने अभियानले तीव्रता पाएको छ, जसअन्तर्गत अहिलेसम्म ३ वटा प्रमुख क्षेत्रका ७ सय ८१ अनधिकृत संरचनाहरू भत्काइएका छन्। यस प्रक्रियामा विस्थापित भएका वास्तविक सुकुम्वासीहरूको पहिचान गर्दै |
सरकारले उनीहरूलाई इचंगुनारायणमा निर्मित सरकारी आवास वा अन्य निश्चित गरिएका सुरक्षित स्थानहरूमा व्यवस्थित गर्ने योजना अघि सारेको छ। नदी करिडोर खुला गर्ने र सहरी सौन्दर्य कायम राख्ने यो कदमसँगै सरकारले भूमिहीन परिवारका लागि दीर्घकालीन बसोबासको विकल्प सुनिश्चित गर्न राष्ट्रिय भूमि आयोगमार्फत आवश्यक समन्वय गरिरहेको छ।
