Spread the love
Spread the love
प्यालेस्टाइनमा १८ वर्षपछि स्थानीय निर्वाचन
Spread the love

गाजा युद्धपछि पहिलो पटक वेस्ट बैङ्क र गाजाको केही भागमा स्थानीय चुनावको मतदान सुरु भएको छ। रामल्लाहमा रहेको निर्वाचन आयोगका अनुसार वेस्ट बैङ्कमा १५ लाख र गाजाको देइर अल-बलाहमा ७० हजार मानिसहरूले भोट हाल्न पाउनेछन्। मतदान केन्द्रहरू बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने छन्।​यस चुनावमा हमास समूहसँग सम्बन्धित व्यक्तिहरू भने सहभागी नभएको बताइएको छ।

प्यालेस्टिनी सरकारले पछिल्लो समय भ्रष्टाचार र अन्य समस्याका कारण जनताको आलोचना खेपिरहेको छ। सन् २००६ देखि राष्ट्रपति वा सांसदको चुनाव नभएकाले, अहिले हुन लागेको यो नगरपालिकाको चुनावलाई निकै महत्त्वपूर्ण मानिएको छ।​संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि रमिज अलक्बारोभले यस निर्वाचनको स्वागत गरेका छन्। उनले गाह्रो परिस्थितिमा पनि निर्वाचन आयोगले भोट हाल्ने वातावरण मिलाएको भन्दै प्रशंसा गरे। यो चुनावलाई प्यालेस्टिनी क्षेत्रमा लोकतन्त्र बचाउने एउटा प्रयासको रूपमा हेरिएको छ।