Spread the love
Spread the love
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने
.
Spread the love
काठमाण्डौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले साङ्गठनिक सुदृढीकरणका लागि जिल्ला तहको अधिवेशन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो। यसअघि बसेको सचिवालय बैठकमा जिल्ला अधिवेशनका लागि आवश्यक कार्यविधि र प्राविधिक तयारीबारे विस्तृत छलफल भएको थियो।