काठमाण्डौ, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले देशव्यापी बृहत् भेला आयोजना गर्ने तयारी गरेको छ।
आइतबार काठमाडौंमा देउवा पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो। उक्त बैठकपछि नेता मीन विश्वकर्माले जानकारी दिँदै क्रमशः प्रदेश र जिल्लास्तरका बैठकहरू गर्दै अन्ततः राष्ट्रिय स्तरको ठूलो भेला गर्ने निर्णय गरिएको बताए।
उनका अनुसार, छिट्टै पूर्व तथा वर्तमान केन्द्रीय पदाधिकारीहरूको बैठक बस्नेछ र त्यसपछि प्रदेश र जिल्ला तहका छलफल अघि बढाइनेछ।
बैठकमा केही नेताहरूले अदालतको पछिल्लो फैसलाविरुद्ध पुनरावलोकनमा जाने सुझावसमेत दिएका छन्।
