Spread the love
Spread the love
बराहक्षेत्रमा प्रहरीको छापा: सवा दुई क्विन्टल गाँजा र मोटरसाइकल जफत
Spread the love

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले २२५ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, तस्करहरूले बाँसको झाक (भेलसँगै बगेर आएको दाउराको थुप्रो) मुनि लुकाएर राखेको अवस्थामा नौ वटा प्लाष्टिकका बोरामा उक्त गाँजा फेला परेको थियो।पक्राउ पर्नेहरूमा बराहक्षेत्रका स्थानीय २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेका अनुसार, प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको को ३० प ९४७५ नम्बरको मोटरसाइकल समेत जफत गरेको छ। पक्राउ परेका दुवै व्यक्तिलाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।