काठमाडौँ, राष्ट्रीय स्वोतन्त्र पार्टीको नेत्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आफ्नो चलअचल सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् |आइतबार सार्वजनिक गरिएको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरणअनुसार मन्त्री निशा मेहताको नाममा महोत्तरीमा ८ बिघा पुर्खैली जग्गा र उल्लेख्य परिमाणमा सुनचाँदी देखिएको हो।विवरणअनुसार मन्त्री मेहताको महोत्तरीको बल्वा नगरपालिकामा ८ बिघा पुर्खैली जग्गा रहेको छ।उक्त जग्गा ससुरा सुरेन्द्र प्रसाद सिंह,सासु गंगा देवी महतोको नाममा रहेको र सो सम्पत्ति पुर्खैली भएको विवरणमा रहेको छ।चल सम्पत्तितर्फ मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी र एउटा हिराको औँठी रहेकाे विवरणमा उल्लेख छ।उनको माछापुच्छ्रे बैंकमा ६ लाख २३ हजार रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको छ। मन्त्री निशा मेहताले विभिन्न वित्तीय संस्था र जलविद्युत कम्पनीहरूको सेयरमा समेत लगानी गरेकी छिन्। उनले जीएचएल, एचडीएचपीसी, जीबीएलभी र निफ्रा लगायतका कम्पनीमा सेयर लगानी गरेको विवरण बुझाएकी छन्।सवारी साधनको हकमा उनले २५ लाख रुपैयाँमा खरिद गरेको ग्रान्डआई १० कार प्रयोग गर्दै आएको उल्लेख छ
