Spread the love
Spread the love
वादलको प्रश्‍न: देश जलाउनेलाई किन महानायक बनाइयो ?
...
Spread the love
काठमाण्डौ, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा वादलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति तिव्र असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले देशको विकास र समृद्धिमा योगदान दिएका नेताहरूलाई नकारात्मक रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए। उनका अनुसार केही अदृश्य शक्ति र प्रविधिजन्य प्रभावहरू एआई र अल्गोरिदमको प्रयोग गरेर यस्ता नेताहरूलाई खलनायकको रूपमा चित्रित गरिएको छ, जबकि राष्ट्रहित विपरीत काम गर्ने पात्रहरूलाई सकारात्मक रूपमा उभ्याइएको आरोप लगाए। थापाले राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रयासको पछाडि के उद्देश्य रहेको छ भन्ने प्रश्न उठाउँदै देशभर दमन र त्रासको वातावरण किन सिर्जना गरिँदैछ भनेर जिज्ञासा व्यक्त गरे। साथै, भदौ २३ र २४ का घटनाहरूको सन्दर्भमा पनि उनले स्पष्टता मागे। उनले बालेन शाह नेतृत्वमा प्राप्त भनिएको ‘अभूतपूर्व सफलता’ को चर्चा गर्दै त्यसमा आन्तरिक रूपमा विभिन्न संस्था र निकायहरूको भूमिकाबारे प्रश्न उठाए।