Spread the love
Spread the love
झापा ५ र सर्लाही ४ नेकपाले जित्ने खवरले प्रचण्ड खुसी, गगन-केपी -बालेन तनावमा
ठुला नेता भिडेका ठाउमा नेकपा....
Spread the love

काठमाण्डौ, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ र सर्लाही–४ मा आफ्नै पार्टीका उम्मेदवार जित्ने दाबी गरेका छन्। नेकपाको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको जडिबुटी काठमाण्डौमा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।

अन्य दलका ठुला नेताहरू भिडेको समाचार तपाईँहरूले मिडियामा देख्नुहुन्छ, झापा–५, सर्लाही–४ को चर्चा जताततै देख्नुहुन्छ, प्रचण्डले भने, आज बिहान मात्रै ती ठाउँका स्वतन्त्र बुद्धिजीवी र पार्टीका साथीहरू म कहाँ आउनुभएको थियो।

उनीहरूले आफूलाई झापा–५ र सर्लाही–४ दुवै क्षेत्रमा नेकपाका उम्मेदवारले चुनाव जित्ने दाबी गरेको उनले बताए । ती ठाउँमा पनि जनताले भोट हाल्ने त नेकपामै हो भन्दै छन् रे। तर सामाजिक सञ्जालमा हाम्रा मान्छेको नाम पनि आउँदैन, प्रचण्डले भने । मिडियामा नाम नआए पनि जनताको मनमा छिरिसकेकाले आफ्ना उम्मेदवार जित्ने प्रचण्डले दाबी गरे ।

दुवै क्षेत्रमा यस पटक ‘हाई भोल्टेज’ प्रतिस्पर्धा छ । झापा–५मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह(बालेन) भिडेका छन् भने सर्लाही–४मा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन्। गगनसँग रास्वपाबाट अमेरेशकुमार सिंह प्रतिस्पर्धी छन् । उनी सोही क्षेत्रबाट लगातार तीन चुनाव जितिसकेका छन्।

नेकपाले झापा–५मा युवा नेता रञ्जित तामाङलाई उठाएको छ भने, सर्लाही–४ मा डाक्टर रजनिस राय उम्मेदवार छन् ।