Spread the love
Spread the love
सिंहदरबारमा बुख्याचा प्रवेस गर्यो : केपी ओली
,
Spread the love

काठमाण्डौ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबारे कटाक्ष गर्दै सिंह दरबारमा बुख्याचा प्रवेस गरेको टिप्पणी गरेका छन्।

च्यासलमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले अहिलेको सरकार लोकतान्त्रिक मूल्य र संविधानको मर्मविपरीत चलिरहेको आरोप लगाए।

उनका अनुसार, जनताले छानेका प्रतिनिधिहरूलाई सत्ता बाहिर राखेर अनिर्वाचितहरूलाई सरकार सञ्चालन गर्न दिनु संवैधानिक व्यवस्था र लोकतान्त्रिक चरित्रसँग मेल खाँदैन। उनले भने, “सिंहदरबारमा एउटा गलत प्रवृत्ति पसिसकेको छ, जसलाई रोकिनुपर्छ।”

ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुनु नै देशको हितमा रहेको दाबी गर्दै एमालेले मात्र यो सत्य बोल्ने साहस देखाएको उल्लेख गरे।

आगामी महाधिवेशनतर्फ संकेत गर्दै उनले पार्टीभित्र एकता, सहमति र रूपान्तरणलाई आफूले प्राथमिकतामा राख्ने बताए। प्रतिस्पर्धालाई रोक्ने वा जबर्जस्ती चुनाव नै गराउनुपर्ने सोच दुवै गलत भएको उनको धारणा थियो।

पार्टीलाई बलियो बनाउने, पुस्तान्तरणलाई सहज बनाउने र आन्तरिक सामञ्जस्य कायम राख्ने दिशामा आफ्नो ध्यान केन्द्रित हुने अध्यक्ष ओलीले स्पष्ट पारे।