Like this:

महेश बस्नेतले आफ्नो जलेको घरलाई ध्वंसात्मक सङ्ग्रहालय बनाउने
बस्नेतले आफ्नो निर्दोष छोराछोरीलाई समाजमा हिँड्नसमेत गाह्रो बनाएको उल्लेख गरेकाछन।



भक्तपुर – नेकपा एमालेका नेता महेश बस्नेतले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनी भएको आफ्नो घरलाई ‘ध्वंसात्मक सङ्ग्रहालय’का रूपमा सुरक्षित राख्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिंदै उनले जलेको घरलाई लामो समयसम्म स्मरणीय रूपमा राखेर सबैले समीक्षा गर्न सक्ने बताए। “यो घर जलाउन आवश्यक थियो कि थिएन भन्ने कुरा समाजले आफैं मूल्याङ्कन गर्नेछ,” उनले उल्लेख गरेका छन्।

उनको भनाइमा, सांसद हुँदा भक्तपुरमा देखिएको विकास र उद्योगमन्त्रीका रूपमा देशको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानकै कारण आफूलाई लक्षित गरी आक्रमण गरिएको हो।

मेरो जीवन जनताको सेवामा बितेको छ। त्यसकै प्रतिफल स्वरूप मेरो घर जलाइन्छ, परिवारलाई जोखिममा पारिन्छ र निर्दोष छोराछोरीलाई समाजमा हिँड्नसमेत गाह्रो बनाइन्छ,” उनले जानकारी दिएका छन्।

Like this: