काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
पार्टी छोडेको जानकारी दिँदै उनले भनिन्, “अब खुला रूपमा आक्रमण गर्न सजिलो होस् भनेर मैले बाटो खुला बनाएँ। मनलाग्दी चलुञ्जेल चलाउन सक्नुहुन्छ, तर म अब पार्टीमा छैन।”
श्रेष्ठका अनुसार रास्वपा नेतृत्व लगातार गल्ती दोहोर्याइरहेको र त्यसलाई स्वीकार गर्ने संस्कार नभएकै कारण आफूले पार्टीसँगको यात्रा अन्त्य गरेको वताएकी छिन। उनले पार्टीभित्र आलोचना गर्ने नेतामाथि मिडिया ट्रायल गर्ने प्रवृत्ति मौलाएको भन्दै आपत्ति जनाइन्।
उनले भनिन्, “देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेता राख्ने क्रम सुरु भएपछि मैले निरन्तर आवाज उठाउँदै आएकी हुँ।”
समानुपातिकतर्फबाट प्रतिनिधिसभा सांसद रहेकी श्रेष्ठ शिक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन्। यसअघि उनले सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
यसबीच, स्रोतहरूका अनुसार काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहसँग मिलेर नयाँ राजनीतिक दल गठन गर्ने तयारी भएको चर्चा बुझिन आएको छ।
उनले पार्टी परित्याग गरेको घोषणा गरेको स्टाटसमा कहिले सकारात्मक कदम भनेर कमेन्ट गरेका छ भने कहिले अवसरबादी भनेका छन ।

