Spread the love
Spread the love
माग सार्वजनिक गर्न जेनजी समूहको पत्रकार सम्मेलन आज ३ बजे
आज पत्रकार सम्मेलन गर्ने
Spread the love

काठमाण्डौ/जेनजी आन्दोलनमा संलग्न युवाहरुले आइतबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने भएका छन्। समूहका प्रतिनिधि सुदन गुरुङका अनुसार कार्यक्रममा नयाँ सरकारसमक्ष युवातर्फबाट राखिने मागहरू सार्वजनिक गरिनेछ।

उनीहरूले आन्दोलनमा ज्यान गुमाएकालाई सहिदको दर्जा दिनुपर्ने, प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार तथा पुनर्स्थापना सुनिश्चित गर्नुपर्ने माग राख्ने तयारी गरेका छन्। साथै, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्ने मागसमेत उनीहरूको एजेन्डामा रहेको जनाइएको छ।