Like this:

सामाजिक सञ्जाल बन्द गराउने निर्णयमा गोकुल बास्कोटाको आपत्ति
सरकारले नेपाललाई उत्तर कोरियाको बाटोमा लैजाने प्रयास गरिरहेको भन्दै कटाक्ष गरेका छन्

काठमाण्डौ/सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले नेपाललाई उत्तर कोरियाको बाटोमा लैजाने प्रयास गरिरहेको भन्दै कटाक्ष गरेका छन्


सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने हालको सरकारी निर्णयबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सूचना प्रवाह रोक्ने कदम उचित नभएको बताए।


बाँस्कोटाले आफ्नो मन्त्रालयकालमा सामाजिक सञ्जाललाई नियमन गर्ने कानुनी र प्राविधिक आधार तयार गर्ने कुरा अघि सारेको स्मरण गर्दै भने, “नियमन भनेको प्रविधि र कानुनमार्फत हुनुपर्ने हो, तर अहिलेको कदमले देशलाई ‘नर्थ कोरिया’ बनाउन खोजेजस्तो देखिन्छ। विकृति अन्त्य गर्ने नाममा सूचनामाथि प्रतिबन्ध लगाउनु समाधान होइन।”

Like this: