काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फेरि आन्तरिक विवाद चर्किएको छ । पार्टी नेतृत्वले काठमाडौं र सुर्खेतमा पार्टीहित विपरीत गतिविधि गरेको भन्दै आठ जना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (रायुसं) को काठमाडौं अधिवेशनमा हुलदंगा गरेको आरोपमा चार जनासँग स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण सोधिनेमा केन्द्रीय सहायक प्रवक्ता प्रविण थोकर तामाङ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खड
साउन २८ गते भएको अधिवेशनमा बाहिरका व्यक्तिलाई लिएर हुलदंगा गराएको र अधिवेशन प्रभावित बनाएको आरोप ती नेतामाथि लागेको हो । ‘अधिवेशन भाँड्नकै लागि असम्बन्धित व्यक्तिलाई ल्याइएको थियो । अधिवेशन स्थगित भइसकेपछि जबर्जस्ती समिति घोषणा गरेर हिँडे,’ अध्यक्ष राजेन्द्र लिङ्देन निकट एक नेताले बताए ।
राप्रपा सचिवालयका अनुसार सोधिएको स्पष्टीकरण ती चारै नेताले दिइसकेका छन् । यससँगै थप चार जना नेतालाई पनि पार्टीहित विपरीत गतिविधिमा संलग्न भएको भन्दै कारबाही प्रक्रियामा ल्याइएको छ ।
