Like this:

लिपुलेकबारे शिष्टाचारले भएन, भारतसंग परिणाममुखी छलफल गरौं : सांसद पराजुली

काठमाण्डौ / प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अविभाज्य भूभाग भएको स्पष्ट प्रमाणले देखाइसकेको बताएका छन्।



शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सन् १८१६ को सुगौली सन्धिबाटै नेपालको सीमा कालीनदीको पूर्वतर्फ हुने प्रष्ट भएको तथ्य प्रस्तुत गरे। “कैयौँ नक्साले कालीनदीको मूल स्रोत लिम्पियाधुरा नै हो भन्ने पुष्टि गरेका छन्, यसमा कुनै द्विविधा छैन,” सांसद पराजुलीले भने।

उनले नेपालको भूमि कुनै अन्य राष्ट्रले प्रयोग वा सम्झौता गर्ने अधिकार नभएको प्रस्ट पारे। चीन र भारतबीच भएको लिपुलेक मार्ग प्रयोगसम्बन्धी सहमति अन्तर्राष्ट्रिय मापदण्डविपरीत रहेको भन्दै उनले सरकारलाई केवल शिष्टाचारमै सीमित नभई दृढ र परिणाममुखी छलफल गर्न आग्रह गरे।

भियाना कन्भेन्सन अफ ल अफ ट्रिटीको उदाहरण दिँदै सांसद पराजुलीले कुनै देशको सहमतिविना सम्झौता वैधानिक नहुने प्रावधान रहेको स्मरण गराए। सरकारलाई राष्ट्रिय हित सर्वोपरि राखी दृढ कदम चाल्नुपर्ने उनको जोड थियो।

Like this: