Spread the love
Spread the love
म १४ वर्ष जेल बसेको समय घटाउने भए ७० वर्षे उमेर हद मान्छु : केपी ओली
Spread the love

एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदको विषयमा हलुका शैलीमा गम्भीर तर्क राख्दै आफू अझै सक्रिय र सक्षम रहेको बताएका छन्। पार्टी बैठकमा बोल्दै उनले उमेरका आधारमा नेताहरूलाई छुट्याउने सोचप्रति असहमति जनाए।"क–कसलाई ७० वर्षे उमेर हद मान्नुछ, उहाँहरूले माने हुन्छ, बिदा लिए हुन्छ", ओलीले हाँस्दै भने, "तर म त अहिले पनि ५० वर्षको जस्तो काम गरिरहेको छु।

"ओलीले आफूले जेलमा बिताएको १४ वर्ष उमेरबाट घटाउनुपर्ने तर्क गर्दा बैठक हल हाँसोमय बनेको थियो। "७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय त घटाउनुपर्छ नि," ओलीले भनेका थिए। "मैले जेल बसेको समय घटाएर उमेर गणना गर्नुस् भन्दा सबै नेताहरू हाँस्नुभयो", एक नेताको भनाइ थियो।बैठकमा ओलीले पार्टी विधानबाट उमेर हद हटाएर संशोधन गर्न लागिएको कारण पनि स्पष्ट पारे।

"मेरो भूमिका अझै आवश्यक छ भन्ने बुझेर नै यो प्रस्ताव आएको हो," ओलीको भनाइ स्रोतले उल्लेख गरेको छ।त्यसैगरी उनले पार्टीभित्रका केही भ्रम र विवादका विषयमा पनि चेतावनी दिएका थिए। विशेषगरी तीनपटक पार्टी विधान छापिएको प्रसंगमा अब बहस नगरि रोक्नुपर्ने भन्दै उनले स्पष्ट निर्देशन दिए। "अध्यक्षले कर्ण थापाको नामै लिएर अब स्टप गर्नुस् भन्नुभयो", स्रोतको भनाइ छ।केपी ओलीको राजनीतिक चातुर्यता, व्यंग्य र सक्रियता अझैपनि पार्टी नेतृत्वमा कडा टक्कर दिने शैलीमा कायमै देखिएको छ।