Originally posted 2025-06-17 11:10:24.

Like this:

मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसदबाट निष्कासन गरे स्वीकार गरिन्छ :- सोबिता गौतम

काठमाण्डौ: सांसद सोबिता मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसदबाट निष्कासन गरे स्वीकार गर्ने बताएकी छिन्।तर, सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको माग पूरा नभएसम्म निरन्तर संसदमा आन्दोलन गरिरहने गौतमको भनाइ छ l

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार प्रतिनिधिसभा बैठकमा निलो रिबन पहिरेर रचनात्मक विरोध गरेका रास्वपा सांसदलाई प्रतिनिधिसभा नियमावलीबमोजिम चेतावनी दिएर निष्कासन गर्न माग गरेका थिए। यसको जवाफमा सांसद गौतमले प्रतिक्रिया दिएकी हुन्।‘विरोधका आयाम अनेकौँ हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ,’ उनले भनिन्, ‘आज मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ। हुन्छ, संसदबाट निकालियोस्।’तर, नयाँ पुस्ताले रचनात्मक आन्दोलन गरिरहने उनको भनाइ छ। ‘नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन। कांग्रेस विरोधमा हुँदा प्र.म. केपी ओलीलाई कुट्न आएकै घटना आर्काइभमा कैद छ। कुर्सी भाँच्न आउँदैन। माइक फोड्न आउँदैन,’ गौतमले भनिन्।

Originally posted 2025-06-17 11:10:24.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Originally posted 2025-06-17 11:10:24.

Like this: