Spread the love
Spread the love
चिट्ठा प्रणालीमार्फत ८३६ नेपाली केयरगिभर इजरायल जाने निश्चित, भविष्यमा थप अवसर खुल्ने
Spread the love

निकट भविष्यमा इजरायलमा सुसारे (केयरगिभर) का रूपमा काम गर्न ८३६ जना नेपाली त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणाली अपनाई पहिलो खेपका कामदार छनोट गरेको हो। इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुल १,११५ जना सहभागी भएको यस पारदर्शी चिट्ठा प्रक्रियाबाट ७८४ पुरुष र ३३१ महिला चयन भएका छन्। उक्त अवसरमा राजदूत एरीबासले इजरायलको सेवाशुश्रूषा क्षेत्रमा निकट भविष्यमा थप २,१०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिँदै ‘घरमा आधारित स्याहार सेवा’ तथा ‘कृषि श्रमिक’ सम्बन्धी द्विपक्षीय सहमति कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो। द्विपक्षीय श्रम सम्झौताअन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानुनबमोजिम स्थानीय कामदारसरह नै न्यूनतम पारिश्रमिक तथा सेवासुविधा प्राप्त गर्नेछन्। यस छनोट प्रक्रियालाई दुवै देशले श्रम सहकार्य सुदृढ बनाउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि मान्दै भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसरप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएका छन्।